बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भारतका खेलाडी सुभयान कुण्डुले को उपाधि जितेका छन् ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडा ४ स्थित नारायणी मलमा रहेको होटल सामनामा गरिएको एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका हुन्।

उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाएर नगद एकलाख पचिस हजार पुरस्कार राशी हात पार्न सफल भए ।

कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल बिजेता बनेका छन्।

प्रतियोगितामा ७/७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिन दोस्रो हुदै नगद ७५ हजार र भारतका एफएम अरबिन्दर प्रित सिं तेस्रो स्थानमा पुगेर ४० नगद चालीस हजार जित्न सफल भए ।

हेटौंडा ४ स्थित नारायणी मलमा रहेको होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ , एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल बनेका छन्।

यसैगरी हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल भए ।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनि रानासिंघे महिला प्रथम , इसानाभि दोश्रो, बेष्ट युथ १० – इस्माइल सिद्धिकि, ओम कश्यप, १२- कुमार भमरद्वाज, अविन पाण्डे, १४ – आयुश डेमानराउरा, अत्रिञ्जय, १६- देव राज , पुरुषोत्तम सिलवाल, १८- कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकि,स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९००रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमश: फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षता बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतथ्यतामा पुरस्कार वितरण गर्दै प्रतियोगिता कार्यक्रमलाई समापन गरिएको हो ।

नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाको संयोजन रहेको बुद्धिचाल प्रतियोगितको पुरस्कार वितरण एवं समापन समारोहमा प्रमुख अतिथी. विशिष्ठ नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पाब्सनका, बागमती, अध्यक्ष केशव लाल श्रेष्ठ लगायत उपस्थित अतिथीहरु द्धारा विजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्र बितरण गरिएको हो ।

कार्यक्रमका सम्पन्न भएसंगै संयोजक लामाले कार्यक्रम सम्पन्न हुनुमा सबैको साथ सहयोग रहेको बताए ।
बागमती प्रदेश सरकार र प्रदेश खेलकुद बिकास परिषद् ले समेत हातेमालो गर्न तत्पर रहेको बताउदै आउदो दिनमा जिम नर्म प्रतियोगिता गर्ने घोषणा गरेका छन् ।