बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको शुक्रबारबार तेस्रो दिन भएको छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजनामा सूरु गरिएको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता २०८० को बुधाबारउद्घाटन गरेका हुन् ।

नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघ सहितको संयुक्त आयोजनामा गरिएको खेलको शुक्रबार पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले चौथो राउन्डमा सहज जीत हात पारेका छन्।

पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन संग बराबरीमा रोकिए साथै भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बंगलादेशी एफएम नयेम हकले अमरदीप बर्तके माथी जीत निकाललेका छन्।

भारतीय खेलाडी द्वोय सुभयान कुण्डु र राहुल गुरुङ साथै बंगलादेशी खेलाडी द्वोय आईएम मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अंकका साथ अग्रपंतिमा छन्।

६ जना अग्रपंक्तिमा रहेको उपाधिलाई पछ्याइरहेको मान्न सकिन्छ ।

नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन्।

त्यसै गरी चार अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरु एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कतेले पछ्याउँदै छन्।

पाँचौं राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैन संग बराबरी खेल्दै ३.५ अंक हात पारेको छ ।

त्यसै गरी बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अन बटुल्न सफल भएका छन्।

पुरस्कारका लागि कुल ५,८७,५५० पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार रहेको र प्रथम हुनेलाई १,२५,०००। एक लाख पच्चिस हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले बताए ।
लामाले बताए अनुसारै उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कुल ३८ जना पुरस्कृत हुने कार्यक्रम रहेको छ ।

८५ जना खेलाडी सहभागी भएको खेलमा शनिबार सातौँ र आठौँ चरणका खेल हुने छ ।
आइतबार १७ गते अन्तिम चरणको खेलसंगै १३ गते बुधबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता समापन हुने छ ।