हेटौंडामा मंसीर १३ गते बुधाबारदेखि एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सूरु भएको छ।
मकवानपुर जिल्ला बुद्धिचाल संघ, मकवानपुर द्धारा हेटौंडा(४ स्थित नारायणी मलमा रहेको होटल सामनामा आयोजित प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता २०८० को उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा १सय २० जना सहभागी गराउने योजना रहेको र खेल प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी लगभग १ सय जना सहभागी भएका छन् ।
खेलमा स्विस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको अधिक अङ्क आउँछ सोहीअनुसारनै विजयी हुने छन् ।
प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपैयाँ हात पार्नेछन् ।
यस्तै गरि प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा निरञ्जन प्रजापति मुख्य निर्णायकको भूमिकामा छन्।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बु, प्याब्सन बागमती प्रदेशकाअध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्की लगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगित आउँदो आइतबार समापन हुने छ ।














प्रतिक्रिया दिनुहोस्