बागमती प्रदेशको राजधानी हेटौंडामा बुद्धिचाल ( चेस ) प्रतियोगिता २०८० को आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ, मकवानपुरको आयोजनामा  मंसीर १३ गते देखि मंसीर १७गते सम्म हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालको सबै जातजाति धर्म संस्कृति लिङ्ग भूगोल शिक्षालय र क्लबबाट प्रतिनिधित्व गरी नेपाली बुद्धिचाल खेलाडीहरूलाई खेलको कौशलता देखाउन र बुद्धिचाल क्षेत्रलाई व्यवसायिकरणका लागि आयोजना गर्न लागिएको नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले बताए ।

पत्रकार सम्मलेन पछि रातो समाचारसंगको कुराकानीमा खेलकुद भित्र राजनीति हुन नहुने र राजनीति भित्र खेलकुद आवाश्यक रहेको महासचिव लामाले बताए।