हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५, स्थित क्याम्पा रंगशालामा जारी स्व.सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको शुक्रबार २ खेल सम्पन्न भएको छ ।

सम्पन्न पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमी र दोस्रो खेलमा नवजन जागृति युवा क्लब सिमरा  विजयी भएको छ ।

सम्पन्न २ खेलको पहिलो खेल सम्पन्न भए लगत्तै क्वाटर फाइनल समीकरण पुरा भएको छ भने शनिबारबाट दास्रो चरणको खेलहरु हुनेछ ।

जस अन्तरगर्त पहिलो खेलमा हेटौँडा फुटबल एकेडेमी र निल गगन युवा क्लब विच भएको भिडन्तमा निल गगन युवा क्लबलाई टाइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै हेटौँडा फुटबल एकेडेमीले जित हासिल गरेको हो ।

रोमाञ्चक खेलमा निल गगनका खेलाडी अनिल घलानले पहिलो हाफको ८औं ंमिनेटमा १ गोल गरेका थिए ।

एकेडेमीका खेलाडी रबि थिङले खेलको पहिलो हाफको १९ औं मिनेटमा १ गोल गरर बाराबरीमा पुर्याए ।

निर्धारित समयमा दुबै पक्षको १–१ गोलमा खेल सकिएपछि नतिजाका लागि ट्राइ बेकरमा पुगेको थियो ।

महा भिडन्तको खेलमा फुटबल एकेडेमीका गोल रक्षक अस्मिर गोङबा म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै गरि शुक्रबार नै नवजागृति युवा क्लबले बीरगंज स्पोर्टस एकेडेमी र नव जागृति युवा क्लब सिमरा विच भएको भिडन्तमा नव जागृति सेमीफाइनलमा प्रवेश गरेको छ ।

चलिरहेको रोमाञ्चक खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि ट्राइबेकरको सहारामा ४–३ गोल अन्तरले नव जागृतिले जित हासिल गर्यो भने बीरगंज स्पोर्टसले हार बेहोर्नु पर्यो ।

खेलको म्यान अफ द म्याच सिमराका खेलाडी सेरब लो बन्न सफल भएका छन् ।

४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।

शनिबार हुने क्वाटर फइनल खेलको पहिलो खेल न्यु डाँफे युथ क्लब र रिगल हेटौंडा रिर्सोट एन्फा मकवानपुर र दोस्रो खेलमा सहित स्मृति क्लब बागमती गाँउपालिका हिल्ली फिल्डर्स एफसी गोर्खा विच भिडन्त हुनेछ ।