नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको सभाध्यक्ष्तामा हिन्दु नेपालीहरुको चार्डपर्बलाई लक्षित गर्दै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो ।

अध्यक्ष एका लाल श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै चाडपर्वको बाहानामा आयोजित शुभकामना आदन प्रदान तथा चियापानको बाहानामा एकै थालोमा भेटघाट गरेर भाइचार कायम गराउन र सबैमा सदभाव कायम होस सबमौ सुख शान्ति समृद्धि छाओस भन्नकालागी कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा उपस्थिति जनाएर साथ दिएकोमा सबैमा धन्यवाद दिदै शुभकामना व्यक्त गरेका थिए।

सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेल, एमालेका सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौला, एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया, एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा एमाले बागमती प्रदेशसभाका सदस्य भारती पाठक, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, बागमती प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी, एमाले नेता अनन्त पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा,नेपाली काँग्रेस मकवानपुरका सभापती बुद्ध लामा , सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी हरु लगायतको उपस्थिति रहेको थियो ।