नेपाल राष्ट्रिय कर्मचारी महासंघ मकवानपुरले शुभकामना आदानप्रदान तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

हिन्दु नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वको अवसरमा बुधबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री मोक्तानले जनतालाई प्रदान गरिने हरेक सेवामा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरिन ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मोक्तानले मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न सुझाव दिदै आफुहरु सधै जनताकै पक्षमा रहेको बताइन् ।

कार्यक्रममा कर्मचारीहरुले विभेदकारी ऐन सच्चाउनुपर्ने, राज्यले दिने सेवा सुबिधामा विभेद गर्न नहुने बताएका छन् ।

राष्ट्रिय कर्मचारी महासंघ मकवमानपुरका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश सभा सचिवालय सचिव पूर्ण बहादुर दर्जी, शिक्षा निर्देशनालयका निर्देश्क दिपेन्द्र सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर प्रमुख कृष्ण घिमिरे, शिक्षा समन्वय इकाइ प्रमुख दीनानाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।