बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेश अन्तरगर्त प्रदेशमा निजामती ऐन निमार्ण गरिएको बताएका छन् ।
बुधाबार हेटौंडामा आयोजित विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपाल सरकारले निजामती ऐन नल्याई ढिला गरेको अनुभूत गरेर प्रदेशकै पहलमा प्रदेशमा ऐन आवाश्क रहेकै निष्कर्षले प्रदेश निजामती ऐन पारित गरिएको जानकारी दिए ।
सञ्चारकर्मीसंगको छलफलमा उनले आयँदा दिनमा मन्त्रालयका हरेक गतिबिधिहरु जनता सम्म सहज रुपमा पुर्याउनका लागि हरेक महिनाको पहिलो सातामा मन्त्रालयमै सञ्चारकर्मीहरुसंग भेटघाट गरेर जानकारी गराइने मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्