हिमराइट्स मकवानपुरको पहलमा राक्सिराङ्ग गाउँपालिका स्थित सिमान्तकृत बालबालिकाहरुलाइ खाद्यन्न सामाग्री बितरण भएको छ ।

कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोगमा सिमान्तकृत बालबालिकाहरुका लगि खाद्यन्न बोकेर हिमराइट्स मकवानपुरको टोली  बिहीबार उक्त स्थानमा पुगेको हो ।

कोर इन्टरनेशनलको सहयोग तथा राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा प्रजा जागृति माध्यमिक बिद्यालयमा अध्यनरत २७ जना र सुर्यादय माध्यमिक बिद्यालयमा अत्तयनरत२३ गरी ५० जना विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

उक्त स्थानमा विगत ६ बर्ष देखि बिभिन्न कार्यक्रम अन्तरगतर्का गतिबिधि गर्दै आएको हिमराइट्स मकवानपुर संयोजक कुमारी वाईबाले बताइन् ।

यसैक्रममा राक्सिराङ्गको दुई र मनहरी गाउँपालिकाको दुई वटा बिद्यालयमा काम गर्दै आएको र सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व बिकास कार्यक्रम अन्तर्गत सिमान्तकृत ५० जना बिद्यार्थी बालबालिकाहरुलाई खाद्य सामग्री वितरण गरिएको जानकारी दिइन् ।