


बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालमा रहेका नागरिकहरुको बिभन्न चाडपर्वको मौलिकता, विशेषता, जातिय, धार्मिक संस्कृतिक सम्पदा देखेर बिभिन्न राष्ट्रहरुद्धारा प्रसंसा रहेको बताए छन्।
जिल्ला समन्वय समिति मकवानपुरद्धारा बिभिन्न चाडपर्वलाई लक्षित गर्दै आओजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा बस्ने नेपाली हौं, सबैमा सुख शान्ति र समृद्धिको कामना भन्दै मौलिकता, धर्म, संस्कृतिलाई मान्न र मनाउनका लागि देखासिखि नगरि मनाएमा आउने दिनमा अझ बाहिरी मुलुकबाट थप मान प्रतिष्ठा पूाप्त हुने विश्वास रहेको प्रदेश प्रमुख शर्माले बताए ।
जातिय पहिचानका पर्वहरु हर्षका साथ मनाउदै आएको र आगामी दिनमा पनि ले भावात्मक सम्बन्ध अझ प्रगाढ बन्ने भएकाले पनि हरेक पर्वहरुलाई सहि ढङ्गले मनाउन आग्रह गरे ।
जिसस प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, सामाजिक बिकास मन्त्री कुमारी मुत्तानको विशिष्ठ अतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामा, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी “छिन्तु”, सभासदस्य अनन्त पौडेल, मकवानपुर जिल्लाभित्रका गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानियतहका प्रतिनिधिहरु, मकवानपुर प्रमुख जिल्ल अधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्