बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्ती भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक समुहको दुबै समुह अर्थात (ए ) र (बि ) फाइनलमा प्रवेश गरेका छन् ।
हेटौंडा –७ नागस्वतीमा असोज १६ गते देखि जारी खेल शुक्रबार हेटौंडा- ५ पिप्ले रङ्गशालामा आयोजना गरिएको हो ।
दोस्रो खेलमा आयोजक समुह नागस्वती भेट्रान्स (ए) र चितवन भेट्रान्स विच भएको खेलमा पनि ० – १ गोल अन्तरले विजयी हुँदै फाइनलना पुगेको पुगेको छ ।
उत्साह जनक महायुद्ध खेलमा दोस्रो हाफ पछि खेलको ४४ औ मिनेटमा नागस्वती भेट्रान्स (ए) का खेलाडी दिपेन राइले १ गोल गरे पछि सोही गोलनै निर्णयक गोल बनेको हो ।
खेलको म्यान अफ द म्याच दिपेन राइ घोषित भए ।
……..
शुक्रबार पहिलो खेल अन्तरगर्त आयोजक नागस्ती भेट्रान्स समुह (बि ) र एनआरटी भेट्रान्स बिच भएको सेमिफाइनलमा ३ – १ गोल अन्तरले विजयी हुँदै आयोजक फाइनलमा पुगेको हो ।
शुक्रबार नागस्वती (बि ) र एनआरटी भेट्रान्स बिच भएको निकै उत्साहजनक खेलको ७ औं मिनेटमा नागस्वती (बि )का खेलाडी बिकर्ण श्रेष्ठले पहिलो गोल गरे ।
निकै रोमाञ्चक बनिरहेको खेलको २७ औं मिनेटमा नागस्वती (बि ) का खेलाडी राजकुमार घिसिङ्गले अर्कौ १ गोल गर्दै अग्रतालाई बढाए ।
चलिरहेको खेलमा आफुलाइ बचाउन जोडदार प्रयासमा रहेको एनआरटी समुहका खेलाडी राजन नेपालीले खेलको दोस्रो हाफपछि खेलको ३२औं मिनेटमा १ गोल गरे ।
दुबै पक्षबाट विजयी बन्ने उत्साह रहेसंगै आफुलाइ बचाउन जोडदार प्रयासमा खेलको दोस्रो हाफपछि ३२ औं मिनेटमा एनआरटी समुहका खेलाडी राजन नेपालीले १ गोल गरे ।
निकै रोमाञ्चक खेलको दोस्रो हाफपछि ४७ औं मिनेटमा (बि) का खेलाडी कन्या सुब्बा गुरुङ्गले १ गरेका थिए ।
खेलको म्यान अफ द म्याच (बि) का खेलाडी राजकुमार घिसिङ्ग घोषित भए ।
फाइनलका लागि आयोजकै नै शनिबार भिड्दै छन् भने दुबै हातमा लड्डु पर्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्