मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको दुर्घटना बीमा  गरिदिने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै  खेलाडीहरु खेलको जोखिममा परेर घाइते हुने क्रममा कुनै किसिमको सहयोग प्राप्त नभएको अवस्थालाइ मध्यनजर गर्दै खेलाडीहरुका लागि १वर्षको विमा गर्ने जानकारी गराइएको हो।

मकवानपुर जिल्लाको खेलाडीहरु कुनै ठाउँमा प्रशिक्षणको क्रममा घाइते हुँदा १ जनाको ५ लाख र १० जनाको ५० लाख बराबरको बिमा गरिएको
समितिका अध्यक्ष भेष खड्कीले बताए ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड २०८०/८१ को प्रतियोगिता मंसिर महिनाको मसान्त सम्म सम्पन्न गनुपर्ने बताए ।

त्यस्तै, पाकिस्तान अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा हेटौंडा १४ निवासी रोशनी घलान ५० केजी तौल समूहमा छनौट हुन सफल ब्गएकी छिन् ।

नेपालको तर्फबाट बक्सिङ खेल्न जान लागेकी घलानलाई नगद आठ हजार सहित सम्मान गरिएको छ।
पत्रकार समेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी , कार्यलय प्रमुख माधव कोइराला सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।