


बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरमा डिलक्स युनिसेक शैलुन तथा पार्लर खुलेको छ।
वडा नम्बर–४ अजरअम्बरोड स्थित सिता कम्पलेक्समा सुविधा सम्पन्न पार्लर खुलेको हो ।
विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सुबिधा सम्पन्न पार्लर शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले जानकारी दिए ।
चौलागाईंले बताए अनुसार एकैपटक ८ जनाले कपाल तथा दारी काट्न मिल्ने र ब्युटीपार्ललमा पनि एकै पटक ३ जनालाई राखेर सुरन्दरता बनाउन सकिने छ ।
एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लर लगायतका सबै सेवा दिने गरि सञ्चालनमा ल्यायइएको सञ्चालक हरि चौलागाईंले बताएका छन् ।
हेटौंडामै रहेर फरक किसिमको सेवा दिने गरी नमुना शैलुनका रुपमा रहने विश्वासका साथ खुलेको र करिब ६० लाख लागत रहेको शैलुन तथा पार्ललमा १२ जनाले प्रतक्ष रुपमा रोजगारी पाउने सुभद्राले बताइन् ।
शैलुन तथा पार्ललबाट पैसा कमाउने मात्र नभएर आफ्नै ठाउँमा सेवा दिने गरी काम गर्न लागिएको र सेवाग्राहीहरुलाई अन्यत्र भन्दा फरक र गुणस्तरिय सेवा दिनेगरी शुक्रबारदेखी सेवा सुरु गरिने बताइन् ।
सुभद्राले बताए अनुसार कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि कामको अनुभव लिएका सिनियर हेयर स्टाइलिस राजेश ठाकुर, भारतको नयाँ दिल्लीबाट आउनु भएकी व्युटीपार्लरको अनुभवी बन्दना सिंहद्धारा व्युटीसियनको सेवा प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्