हेटौंडा उपमहानगरपालिका १२ सिक्रेनीका ४१ वर्षीय राजेश प्रधानको मृत्युको घटनासंगै जोडिएर डाक्टर कुटपिट प्रकरण अहिले देशैभर चर्चाको विषय बनेको छ ।

प्रधानको मृत्यु भएको घटनामा अस्पताल पक्षको गल्तीले पिडित बनाएको भन्दै करिब एक महिनापछि बुधबार मृतकको परिवार सहितले २ जना डाक्टर डा.विकास थापा र प्रशान्त बिडारी माथि कुटपिट भएको थियो ।

सोही घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

नेपाल चिकित्सक संघले विज्ञप्ती सहितआपत्ति जनाएर दवाव दिएपछि घटनाको आरोपमा परिवारकै सदस्यहरु अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान रमिता प्रधान चारजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मंगलबार हेटौंडा १२, १३ र १४ का स्थानियहरुले  स्व. प्रधानको परिवारलाई यथासिघ्र रिहाको माग भन्दै शान्तिपुर्ण ¥याली निकालेर बजार क्षेत्रको परिक्रमा गर्दैै  जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँ समक्ष ज्ञापनपत्र बुझाएका छन्  ।

घटनालाई लिएर  स्थानियहरुले राजेश प्रधान मृत्यु घटना : डाक्टर कुटपिट कारण – बुझ्न खोजिएन भन्दै आवाज उठाईरहेका हुन्।

गएको साउन २२ मा प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिदिएको स्थानियहरु बताउछन् ।

मानसिक रुपमै विक्षिप्त परिवारलाई अपराधीलाई जस्तै पक्राउ गरिनु गलत भएसंगै घटना बुझ्न नखोजी कृष्ण थापा भन्ने व्यक्तीले सामाजिक सञ्जालमा पदमपोखरीनै बदनाम हुनेगरी सव्द पोष्ट गरिएकोमा पनि आपत्ती जनाएका छन् ।

हेलच्याक्राई तथा लापरबाहीको कारणले समयमा पाउनु पर्ने उपचार नपाएकोले राजेशको मृत्यु भएको र सम्बन्धित निकायले सत्य तथ्य पत्ता लगाई सामाजिक सञ्जालमा पदमपोखरीनै बदनाम हुने सव्द पोष्ट  गर्ने व्यक्ती समेतलाई पक्राउ गरी प्रचलित कानून बमोजिम कारवाहीको माग,  पीडित परिवारलाई न्याय दिनुपर्ने  भनाई सहित सामूहिक ज्ञापन पत्र बुझाइएको न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरका संयोजक सुर्यबहादुर थोकरले बताए ।

डाक्टर  कुटिएको घटनाको आरोपमा पक्राऊ परेका आमाछोरीलाई उक्त अवस्था सृजना भएको कारणको छानबिन बिना नै धरपकड गरेको भन्दै बिरोधमा उत्रिएको १२, १३ र १४ का स्थानियहरु बताउछन् ।

यसै विच मृतक प्रधानका भाई  रबिन प्रधानले सञ्चो अस्पतालको लापारबाहीका कारण दाजूलाई गुमाउन परेको आरोप लगाएका छन् ।

समयमा रेफर गरिदिएको भए बेलैमा ठाउँमा पु¥याउन पाइन्थ्यो तर,  अवस्था क्रिटिकल छ भनेर थाहा भइसकेपनि ठिक पर्ने भन्दै डाक्टरले दिएको आश्वसानका कारण  दाजु गुमाउनु परेको मृतकको भाई बताउँछन् ।

काजकिरिया सकिएको भोलीपल्टै बीमाको लागि हस्पिटलको कागज चहिने भएकाले  लिन गएको र दाइको रगत ननिकालेको दिनको रिपोर्ट दिएको मृतकको भाईको भनाइ छ ।

२१ र २२ गतेको रिपोर्टमा डेंगी नेगेटिभ २३ गते बिहानै चितवन लगेको र सो दिन रगत ननिकालेको र , अरु कुनै परीक्षण पनि गरिएको थिएन ।

रगतै ननिकालेको दिनको रिपोर्ट कसरी बन्यो ? भन्ने प्रश्न भएको बताए ।

हस्पिटलबाट रकम लिएर कुरा मिलाएछ भन्ने हल्ला बजारमा फैलिएपछि बिभिन्न प्रश्नको जवाफ माग्न र व्यवस्थापन पक्षसँग कुरा गर्न पुग्दा पिडा र आवेगमा हातपात भएको उनको भनाई छ ।

भन्छन् “मानसिक रुपमै विक्षिप्त भएर घटेको घटनालाई गुण्डागर्दी बनाइनु अनि हाम्रो मुद्दालाई वास्ता नगर्नु । हाम्रो मान्छे गुमेको छ । उल्टै हाम्रो मान्छेलाई ल्याएर थुनेर हामी पीडितलाई पीडित बनाइयो । अस्पताल पक्ष र स्वास्थ्यकर्मीको पक्षमा मात्रै बोलिने? किन यसरी कुटपिट सम्म पुगियो भनेर नसेध्ने? हामी पीडित हौं । पीडक होइनौँ। एउटा गल्ति हाम्रो पक्षबाट भएको हो, डाक्टरलाई पिट्न नहुने थियो ।के हाम्रो पक्षमा न्याय हुदैन? ”