हेटौंडा उपमहानगरपालिका १२ सिक्रेनीका ४१ वर्षीय राजेश प्रधानको मृत्युको घटनासंगै जोडिएर डाक्टर कुटपिट प्रकरण अहिले देशैभर चर्चाको विषय बनेको छ ।

प्रधानको मृत्यु भएको घटनामा अस्पताल पक्षको गल्तीले पिडित बनाएको भन्दै करिब एक महिनापछि बुधबार मृतकको परिवार सहितले २ जना डाक्टर  डा.विकास थापा र प्रशान्त बिडारी माथि कुटपिट गरे ।

सोही घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

यसै विषय र घटनालाई लिएर हेटौंडा १२, १३ र १४ का स्थानियहरुले  राजेश प्रधान मृत्यु घटना : डाक्टर कुटपिट कारण बुझ्न खोजिएन भन्दै  आवाज उठाईरहेका छन् ।

गएको बुधबार हेटौंडा –१ सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाकोआरोपमा परिवारकै सदस्यहरु अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।मानसिक रुपमै विक्षिप्त भएको अवस्थामा घटेको घटनालाई पदमपोखरीनै बदनाम हुनेगरी सामाजिक सञ्जालमा लेखिएको शव्दको समेत बिरोध गर्दै मृतक परिवारलाई न्याय दिइनु पर्ने बताइरहेका छन्।

गएको साउन २२ मा प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिदिएपनि दुई दिनपछि मृत्यु भएको हो ।
उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकका परिवारले चिकित्सकमाथि कुटपटि घटना बुझ्न नखोजिएको बताउछन्
चिकित्सक संघले विज्ञप्ती सहितआपत्ति जनाएर दवाव दिएपछि घटनाकम संलग्न भएको आरोपमा परिवार पक्राउ परेका हुन् ।

डाक्टरलाई पिट्न नहुने तर पिडाको अवस्थामा भएको घटना भन्ने तपर्ल नगई पीडित पक्षलाइनै थुनिनु न्याय नभएको बताएका हुन् ।

मंगलबार हेटौंडा १२, १३ र १४ का स्थानियहरुले मृतक प्रधानको लागी र सिंगो पदमपोखरीलाई बदनाम गराउने बिरुद्धमा कानुनी प्रक्रियाको लडाई लड्ने बताए ।