बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर १ मा रहेको सञ्चो अस्पताल प्रा.लि.मा कार्यरत २ जना डाक्टर माथि कुटपिट भएको छ ।
बुधबार हेटौंडा पदमपोखरीका केहि युवाहरुको समूहले अस्पताल भित्र छिरेर दुईजना डाक्टर  विकास थापा र प्रशान्त विडारी माथि कुटपिट भएको अस्पतालले जनाएको छ ।

यसैविच डाक्टरमाथि कुटपिट भएको सिसि टिभि फुटेज सामाजिक सञ्जाmमा भाइरल भएको छ ।

एक महिनाअघि सञ्चो हस्पिटलमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रहरीको भनाई छ ।

यसै विषयलाई लिएर नेपाल चिकित्सक संघले सङ्घका आजीवन सदस्यसमेत रहेका डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि हातपातको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै बुधवार एक विज्ञप्ति जारी  गरेको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीद्धारा हस्तार गरिएको विज्ञप्ती जारी गर्दै ७२ घण्टाभित्र दोषीलाई कानूनी कारवाही नगरिएआन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

 

……….

यस्तो लेखिएको छ ।

प्रेश विज्ञप्ति
मितिः २०८० भाद्र २७ गते
मिति २०८० भाद्र २७ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्य द्वय डा. विकास थापा र डा. प्रशान्त विडारी माथि सन्चो अस्पताल हेटौडामा विरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ ।
मिति २०८० श्रावण २२ गते एकजना विरामी डेंगी रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौडामा आएको र उक्त विरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको थियो । उक्त विरामीको २०८० श्रावण २५ गते उपचारका क्रममा असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको तथा मिति २०८० भाद्र २७ गते सन्चो अस्पताल हेटौडामा कार्यरत द्वय डा. थापा र विडारी माथि शारीरिक हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यकर्मीहरूलाई धम्काएको घटनाका सम्बन्धमा नेपाल चिकित्सक सघ स्तब्ध भएको छ । यस घटनामा संलग्न दोषीलाई अबिलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघ गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई यथासिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ । साथै ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ ।
भवदीय,

डा.सन्जिब तिवारी
महासचिव

………………………