नेकपा बिप्लब सि का महासचिव नेत्र बिप्लब चन्दले कम्युनिष्ट पार्टिको लक्ष्य भनेकै समाजवाद भएकाले समाजबादी मोर्चाको सुरुवात गरिएको बताएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजना गरिएको समाजवादी मोर्चा नेपाल सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टिको अन्तिम लक्ष्य भनेको समाजवाद भएकाले पनि दलाल , भ्रष्टहरुको नकाव खोल्दै कारबाही गर्न सरकारको लक्ष्य हुनुपर्ने बताए ।

मोर्चामा भएका दलहरुका बिचमा पनि सबै कुरामा मेल नभएर टुक्रीएर लडेर समस्याको समाधान नभएकाले मोर्चाको गठन भएको र  नागरिकहरुमा उकुसमुकुसको अवस्थामा नयाँ खाले संघर्ष शुरु गरेर संघीय गणतन्त्रकालाई पुर्ण बनाउनका लागि  गठन मोर्चाले जनतामा उत्साह थपिएको बताए।

भने  “घेराबन्दी चलिरहेको छ, देशलाई घेराबन्दी बाट बचाउँन मोर्चा हो । सामान्तीवादलाई टेक्न दिदैनौं । जनताको लागी लडिरहन्छौं । नेपाली कम्युनिस्ट आन्दोलन रहेसम्म साम्राज्यवादीहरुले सपना नदेखे हुन्छ ।”

साथै अहिले जुन गतिबिधिका साथ सरकारलाई अगाडि बढेको छ त्यसलाई सडकबाट साथ समर्थन गर्ने बिप्लब सिले उद्घोष गरे ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका लगायतले सम्बोधन गरेका हुन् ।