पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देश र जनताको पक्षमा काम गरिरहेको र भएका कमजोरीलाई स्वीकार गर्दै समाजवादको पक्षमा काम गर्न अघि सरिएको बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा शनिबार  सम्पन्न
बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समाजवादी मोर्चा नेपाल सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले समानताको सिद्धान्त लागू गरेर जनतालाई सहज तरिकाले बाँच्न पाउने आधार तयार गर्न दल एक भएर काम गर्नैका लागी
मोर्चा तयार भएको बताए ।

उनले भने “हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हामी छौं । समानताको सिद्धान्त लागू गर्न र जनताले सहज जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जसपाका, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतले सम्बोधन गरेका हुन् ।