


बागमती प्रदेशको राजधानी हेटौंडामा पंछी संरक्षण सङ्घले गिद्ध संरक्षण सम्बन्धी अभियानै चलाएको छ ।
पृथ्वीमा जन्मिएका जीवजन्तु, पशुपंछी बोट बिरुवा हुन् या मानिस नै हुन् । सबैको अ आफ्नै महत्व हुन्छ र मृत अवस्थामा पुगेका जनावरको सिनो खाई वातावरणलाई दुर्गन्ध रहित र सफा सन्तुलित राख्ने गिद्धको महत्वपूर्ण भूमिका बारेमा जानकारी कार्यक्रमहरु अघि सारिएको हो ।
पन्ध्रौं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको मंगलबार पाँचौं दिनमा हेटौंडाको राप्ती खोला देखी सामरी खोला सम्मको स्थानमा गिद्ध लगायत उक्तस्थानमा पाइने अन्य पंछीहरुको गणनालाई पनि अघि ससिारेको हो ।
नेपाल पंछि संरक्षण संघ हेटौंडाका सदस्य निश्चल भट्टसहित सदस्यहरुले अवलोकन गरेका हुन् ।
गिद्धको खोजी गरिएको कार्यक्रममा २२ भन्दा धेरै थरीका पंछीहरु भेटिएपनि गिद्ध भने फेला पर्न नसकेको संघ हेटौंडाका सदस्य निश्चल भट्टले जानाकारी दिए ।
सोमबार हेटौंडा ७ स्थित तासिर इ. से।. बो. स्कुलमा पुगेर कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई नेपालमा पाइने गिद्धको महत्त्वबारे जानकारी गराइएको सदस्य भट्टले बताए ।
उनले बिगत ३५ वर्ष देखि बसोबास गर्दै आएका बभिन्न व्यक्तीहरुबाट जानकारी पाए अनुसार २ बर्ष यता देखि गिद्ध नदेखिएको जानकारीमा आएको बताए ।
गिद्धको बासस्थान उपयुक्त नहुदा र उनिहरुको आहरामा समस्या, मरेका सिनोमा विषादीको प्रयोग हुनुले पनि गिद्ध को संख्या घट्दोक्रम पाइएको बताए ।भेटेनरी Diclofenac जस्ता औषधीहरुको प्रयोगका कारण अत्याधिक संख्यामा पाइने गिद्धको संख्या मा ९८%ले गिरावट आएको सदस्य भट्टले बताएका हुन् ।
उपयुक्त बासस्थानको व्यवस्थापन, आहरा प्रजातीको ब्यावस्थापन र डाइक्लोफेनेक जस्ता विषादीहरुको प्रतिबन्द गरेमा अति आवाश्यक पंछी गिद्धको संरक्षण गर्न सकिने सदस्य भट्टको भनाइ छ ।
सदस्य भट्टले बताएका अनुसार सोही कार्यक्रम अन्तरगर्त बुधाबार मकवानपुरको गढीगाउँपालिका ४ मक्राञ्चुलीमा संरक्षण अवकलोकन गारिने छ ।
प्रतिक्रिया दिनुहोस्