बागमती प्रदेशको राजधानी हेटौंडा-४ हुप्राचौरमा पञ्छी संरक्षण सङ्घले गिद्ध संरक्षण सम्बन्धि नाटक प्रर्दशन गरेको छ।
महत्वपुर्ण पञ्छीमा पर्ने गिद्ध (Vulture) प्रकृतिको कुचिकार पनि हो भने धार्मिक आस्था वाहक मनिएको उल्लेख गर्दै आयोजना गरिएको कार्यक्रमको शनिबार दोस्रो दिन भएको छ।
पृथ्वीमा जन्मिएका जीव जन्तु, पशुपन्छी बोट बिरुवा हुन् या मानिस नै हुन् । सबैको अ आफ्नै महत्व हुन्छ र मृत अवस्थामा पुगेका जनावरको सिनो खाई वातावरणलाई दुर्ग्गन्ध रहित सफा र सन्तुलित राख्न गिद्धको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा बताइएको छ ।
यसै विषयमा बिश्वभरीनै चिन्ता व्यक्त्त गर्दै गिद्ध संरक्षणमा अभियान चलेको र यहि कार्य नेपालमा चलेसङ्गै आफुहरु पनि नेपाल पंक्षी संरक्षण सङ्घ, हेटौंडाको अभियानमा जुटेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्यनरत कृतीका लौडारीले बताइन्।
लौडारीले बताए अनुसार मकवानपुरको मनहरी गाउँपालिकामा पनि गरिएको हो भने विद्यार्थीहरु लाई गिद्धको महत्व बारे जानकारी गराएइको हो।
सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत कार्यक्रममा मानिस हरुलाइ लाग्ने हैजा, झाडापखाला जस्ता रोग बाट सुरक्षित राख्न गिद्ध महत्वपुर्ण भुमिका गर्ने भएकाले संरक्षण अभियानमा सबै लाग्नु पर्ने भएको छ।
उक्त नाटकमा लगभग सयजना दर्शकहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस्