मकवानपुरका वनरक्षक यादविन्द्र पौडेल नगद रकम सहित सम्मानित भएका छन् ।

वनको लागि काम गर्दै, जैविक विविधता संरक्षणमा गरिएको योगदानको कदर स्वरुप डिभिजन वन कार्यालय मकवानपुरमा सशस्त्र वनरक्षकको रुपमा कार्यरत पौडेल नगद रकम सहित सम्मनित भएका हुन् ।

पौडेलले गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार स्वरुप नगद एक लाख राशीसहित प्राप्त गरेका हुन् ।

सामुदायिक वन दिवसको अवसरमा वन तथा भू–संरक्षण विभागको आयोजनमा गरिएको एक कार्यक्रम विच बिहीबार संघीय सरकारको वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोद्धारा पुरस्कार हस्तान्तरण गरिएको हो ।