बागमती प्रदेशकै राजधानी हेटौंडामा रहेको संस्कृत वेद विद्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० मकवानपुरको बेथिती अनियमितता तथा गुनासो सुनुवाई समितिले अनिमियतता भएको छ जनाएको छ ।
वडा नं.१०स्थित जिल्लाकै एकमात्र संस्कृत वेद विद्यालय हिन्दु कर्मकाण्ड,बेदको अद्ययपन गराइदै आएको विद्यादय परिसरमा पुगेर प्रधानध्यापक सन्चालक समितीका सदस्य, विद्यार्थी लगायत सङ्ग जानकारी लिदा गैरजिम्मेवार पाइको संगठन बिभाग प्रमुख विशालराज महतले बताए ।
उनले विद्यालय धरासायी हुँदै बन्द हुने अवस्थामा पुगिसकेको यथार्थ पाएकाले समस्या सम्बोधन गर्न माग गर्दै १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा समक्ष ध्यानाकर्ष पनि गराइएको बताए ।
अध्यक्ष बाट चासोका साथ सम्बोधन गरिने प्रतिबद्धता गरेको समेत जानकारी दिए ।
विंसं २०५६ सालमा स्थापित संस्कृत वेद विद्यालयमा २७ जना विद्यार्थीहरु पठनपाठन गरिरहेको अवस्था रहेसंगै यसमा सुधार गरि शिक्षा क्षेत्रको जर्गेना गरिनुपर्ने महतको भनाइ छ ।
सोही क्रममा बेथिती अनियमितता तथा गुनासो सुनुवाई समितिको आयोजना शनिबार विद्यालय परिसरमा सरसफाई समेत गरेका छन् ।
पार्टीको मकवानपुरका सभापति भरत पराजुली, नगर कमिटी सभापति ध्रुब बिष्ट, नगर उपाध्यक्ष सपना कडेल, संगठन बिभाग प्रमुख विशालराज महत, समितिका संयोजक दामोदर दाहाल, महेन्द्र श्रेष्ठ लगायतको सहभागितामा सरसफाई गरिएको हो ।
सरसफाई पश्चात विद्यालयलाई भरिएको ग्यास सिलिण्डर एक थान, तेल लगायतका भान्साको सामाग्री सहगोग गरे ।
सोही क्रममा सरसफाई कार्यक्रमपछि गरिएको कुराकानी





















प्रतिक्रिया दिनुहोस्