धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडा आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेसँगै   जिल्ला हुलाक कार्यालय धादिङमा कार्यरत खतिवडा प्रमुख प्रशासकिय अधिकृतमा आएका हुन् ।
प्रमुख प्रशासकिय अधिकृत खतिवडालाई गाउँपालिकामा स्वागत गर्दै उपप्रमुख,गाउँपालिकामा कार्यरत सम्पुर्णले स्वागत गरेका थिए ।
कार्यमा कानुन र निति अनुसार कार्यमा आफ्नो ध्यान जाने र त्रिपुरासुन्दरीलाई आफ्नो कार्यकालमा नमुना बनाउन पहल गर्ने खतिवडाले प्रतिवद्धता जनाए।