विशालराज महत 

बागमती प्रदेश हेटौंडा उपमहानगरको राजमार्ग मै रहेको रानी दरबार तथा वनविज्ञान अध्यन संस्था फरिष्ट्रेको सेरोफेरोमा करिब रातको ९ बजे देखि देखिएका दृष्यले हामी जो कोहीलाइपनि अचम्मित बनाउछ।

मैले आफै भिजिट गर्दा र देखेका दृष्यले सोच्न बाध्य बनाएको छ यो समाज कुन बाटो गइरहेको छ भन्न ससकिने अवस्था छैन ।

हेटौंडा उपमहानगर पालिका मै यौनिक अल्पसंख्यकहरुको संख्या बडेको देखिन्छ । चोक चोकमा पसल पसलमा माग्नेको संख्या संगै यौनजन्य कृयाकलापमा सङ्लग्न हुनेहरुको सो स्थान एरियानै बनिसकेको अवस्था छ ।

हेटौंडा बजारमा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयमा सुनिएको केही नकारत्मक टिप्पणीलाई नजिकबाट नियाल्न मंगलबार करिब रातको ८ः४५ बजेको समयमा सहयात्री हरि ब. कुवर, दामोदर दाहाल महेन्द्र श्रेष्ठ सञ्चारकर्मी राजेश गरिब सहित यात्रामा निस्कियौं ।

लगभग ९ वजेपछि करिब १० बजे सम्म बाराम्बार फन्को लगाउदै गर्दा देखिएका दृष्य र उनिहरुको प्रस्तुतीले समाज कता गयो भन्ने अनेकौं प्रश्न आइरहयो ।
उनिहरुको प्रस्तुती कल्पना भन्दा बाहिर नै असहज दृश्य देखिन्छन ।  करिब ४०, ५० जनाको संख्यामा रहने र आउने जाने गरिरहेका सवारी साधनमा रहेका यात्रीहरुलाई हात हल्लाउँदै इसाराले बोलाउने गरिरहेका हुन्छन् ।

युवती जस्तै देखिने र ओठमा लाली आखामा गाजल अतिनै छोटा मिनिस्कट अनि सजिएर युवकको पर्खाइमा बसिरहेका हुन्छन् ।
सून्दर बनेकाहरसंग कैयौं युवा देखि केही वृद्ध पुरुषहरु पनि गफ गरिरहेका हून्छन् ।

तर, उनिहरु युवती नभएर यौनिक अल्पसंख्यकहरु हुन्।

नेपालको सेरोफेरोमा सरकारले समेट्न नसकेको मानव जातिकै समलिङ्गी यौनिक अल्पसंख्यकको अनुमानित संख्या भण्डै ३ लाख पचास हजारको हाराहारीमा छ ।

बाहिरी मूलुक दक्षिण अफ्रिका,फिजि,फ्रान्स ,अमेरिका लगायत ९ र १० रास्ट्रले समलिङ्गी,यौनिक अल्पसंख्यकलाई पुर्ण मान्यता दिइसकेको छ। दक्षिण एसियामा नेपालले मात्र मान्यता दिएको छ । सर्बोच्चमा दायर रिटको फैसलाले गर्दा नेपालको संविधान १२,१८ र ४२ ले लैङ्गक अल्पसंख्यकको हक सुनिश्चित गरिको भन्नु यस्ता दृष्य हेर्दा मात्र उखान मान्न सकिन्छ ।

देशमा सामाजिक रुपमा स्युकार्ने अवस्था नभैसकेको बर्तमान समयमा परिवारले गर्ने तिरस्कारको व्यबहार, सरकारले शिक्षा र रोजारको व्यस्था गर्न नसक्नु अनि समाजमै रहेकाहरुले गलत नजर लगाउनु नै उनिहरु यो दलदलमा फसेका हुन् भन्दा फरक पर्दैन ।

परिवारबाट टाढा गरिका कारण मायाँ के हो समाज के हो भन्ने यिनहरुलाइ पत्ते नै छैन ।

आफुजस्तैहरुको समुहको खोजी गर्दै बस्ने गरेको पाइन्छ।

बाच्नु छ बाच्नलाई खाना अनि लगाउन नाना त्यसको लागि पैसा आवाश्यक । त्यो पैसाकालागि विकल्पमा यौन व्यापारको बाटो रोज्नु मेरो अनुमानमा बाध्यतानै हो भन्न सक्छु ।

रातकी रानी बनेर ग्राहक खोज्दै हरेक रातमा निस्कनेहरुलाई लिएर जाने र यो कार्यमा सघाउने पनि यही समाजमा रहेक छन् ।
विकृति मौलाउदै जानुमा दोषी को हो ?

म संगै रहेका सहकर्मीहरुले पनि यस्ता दृष्यहरुको अवलोकन गरेसंगै यस विषयमा आफुबाट गर्न सकिने काम गर्ने बताए । करिब २ घण्टाको नगर परिक्रममा देखिएका उनिहरुका क्रियाकलाप नियाल्दा अनगिन्ती दोष उनिहरुमाथी थोपारेपनि वास्तविक दोषी यो समाजकै देख्छु ।

मैले व्यक्त गरिरहेका कुरा हो हेटौंडा उपमहानगर पालिका वडा नं. ४ रजत जयन्तीको स्तम्ब र हेटौंडा १० रानी दरबारको को सेरोफेरोको कुरा हो ।

प्रतेक दिन यौनजन्य क्रियाकलापको लागि सझिएर तयार भएर बसेको लस्कर हामी देख्न सख्छौ । पटक पटक प्रहरीले भगाउने पनि गरिहेका छन् । सायद दैनिकीको यो दिनचर्यामा उनिहरु अलि हतास अलि त्रसित जस्तो पनि देखिन्छ ।

भागाउने, भाग्ने फेरि उहि स्थानमा ग्राहक पर्खने यो वर्षौदेखि चलिआएकै हो । तर, समस्या भने दिनहँु बिक्राल बन्दै गएको छ ।

दिनप्रतिदिन संख्या बडदै गएको यौनिक अल्पसंख्यकहरु रहरले नभई बाध्यतामा यस्तो गतिविधिमा सङ्लग्न भैरहेको देखिन्छ । सम्मानजनक तरिकाले हिडडुल गर्न पाउने परिस्थिति श्रृजना नभएकोले बाध्यभै यस्तो जोखिम पुर्ण कदम चालेको देखिन्छ ।

दैनिक जसो उक्त क्षेत्रमा भैरहेको क्रियाकलापले बेथिति र नकारात्मक सन्देश प्रवाह भैरकेको छ । जसकारण हेटौंडा उपमहानगर पालिकालाइ थप चुनौती श्रृजना भएको देखिन्छ ।

केही समय अगाडि हेटौंडा उपमहानगर पालिका मै वडा ५ स्थित क्यापाडाडामा यौनजन्य क्रियाकलाप अनि एक यौनिक अल्पसंख्यकको हत्या भएको हामीलाई अवगतै छ ।उक्त घटना फेरि नदोहोरिएला भन्न सक्ने अवस्था छैन ।

उक्त स्थानमा कैयौं पुरुषहरु त आउछन् अझ राजमार्ग सडक छेउमा सवारी साधन रोकेर ग्राहकका रुपमा चलकहरु पनि पुगि रहेका हुनछन्।
सडकबाट नियालने हो भने जंगल तर्फ गइरहेका दृष्यको कुरै नगरौं ।

सवारी साधन रोक्ने हो भने त दौडिदै आएर मुल्य सुनाउन सूरु गर्छन्।

आफ्रनो शरिरै बिक्रि गर्न हतारिनु यो पक्कै रहर भने होइन् । यो दावाका साथ भन्न सक्छु ।
यस्ता यौनजन्य क्रियाकलापले यो समाजमा बिकृती त छ्दैछ ।  त्यसैले यो समस्या समाधानको बाटो खोज्न अतिनै आवाश्यक छ ।

यसमा प्रशासन, उपमहानगर लगायत सबैले विशेष चासो देखाउनु पर्ने भएको छ। बेथितिको अन्त गराउन बिशेष योजना सहित यौनिक अल्पसंख्यकहरुलाइ यौनजन्य क्रियाकलाप बाट बिस्थापितगर्दै सिपपुलक तालिम दिई आयआर्जन हुने तर्फ आकर्षण गर्नु पर्ने देखिन्छ।
यौनिक अल्पसंख्यक पनि यहि देशको नागरिक हुन तसर्थ उनिहरुको समस्या पनि सरकारले सम्बोधन गरेर व्यवस्थित गर्नुपर्छ।