बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश उद्ययोग पर्यटन सहकारी मन्त्रालय तथा बागमती प्रदेश समितिको संयुक्त आयोजनामा प्रदेश स्तरीय प्रथम नवप्रवर्तन उद्यमी विकास सम्मेलन  सम्पन्न भएको छ ।

हेटौंडामा जारी २ दिने उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

नँया सोचको विकास पुराना अनुभवी उद्योगी, व्यावसायी र नयाँ सोच राख्ने र उद्यमीहरुलाइ अन्तरकृया र सहकार्य गराउने उद्देश्यले कार्यक्रम गरेको आयोजकले जनाएको हो ।

प्रमुख आतिथि हेटौँडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले  कार्यक्रमलाई सम्बोधन गर्दै सिप मूलक तालिम प्रदान गरकोमा खुसी लागेको बताइन् ।

उद्यमी बनाउने अभियानमा उपमहानगरको साथ सहयोग रहने उल्लेख गर्दै उद्यमीहरुको उत्पादनलाइ ब्राण्डीङ गरी बजारमा पुर्याउन र उद्यमीहरुको उत्पादन बजारीकरणमा सहयोग गरिने बताइन् ।

उद्यमी विकास समेलन समापन कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट बाट २ समूहले विजनेश साम्बन्धी इनोभेटीभ आइडियाको तथा प्रोजेक्टको प्रस्तुती दिएका छन् ।

फोहोर प्रसोधन सम्बन्धमा बनाइएको मेशिन को डेमोको प्रस्तुतिका साथै वोस्टन कलेज चितवन भरतपुरबाट ३ समुहमा रहेका विद्यार्थीहरुले पनि आफ्ना प्रोजेक्ट प्रस्तुत गरेका थिए ।

बागमती प्रदेश कार्य बहाक अध्यक्ष तारानाथ चौलागाइको सभाध्यक्षता हेटौँडा उपमहानगर मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाका महासंघमा आवद्ध पदाअधिकारी, महिला उद्यमीहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।