नेपाल कानून समाजको आयोजनामा नेपालमा स्वास्थ्य सम्बन्धी नीतिगत ब्यवस्था, आवाश्यक्ता, सम्भावाना र चुनौती बिषयक नीति सम्वाद तथा छलफल भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंडा उपमहानगरमा रहेर स्वास्थय, कानुन, असंग आवद्ध रहेका र बिभिन्न व्यक्तीत्वदेखि अधिकारकर्मी सहितको सहभागितामा विहिबार उक्त कार्यक्रम गरिएको हो ।

नेपाल कानून समाजद्धारा सातै प्रदेशमा आयोजना अभियान अन्तरगर्त हेटौड–२, मा रहेको नागरिक संवाद केन्द्रद्धारा अध्यनको अद्देश्य, नीति सम्वादको आवाश्यक्ता अन्तरगर्त स्वास्थ्य सम्बन्धी क्षेत्रको तहगत संवैधानिक व्यवस्था, स्ंघिय कानून्, राष्ट्रिय स्वास्थ्य नीति लगायतका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई–४ समुह बनाई के कस्ता संबिधानमा व्यवस्था छन् र लागु छैन आउदा दिनकामा नीतिगत व्यस्था अनुसार अवस्था सहज बनाउन कसरी सकिन्छ भन्ने विषयमा जानकारी संकलन गरिएको हो ।

हेटौंडा उपमहानगर योजना, बजेट, सूचना तथा तथ्याङ्क महाशाखा प्रमुख भिम प्रसाद तिम्लसिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बेधन गर्दै नेपाल कानून समाज हेटौंडाका प्रमुख अधिवक्ता रघुनाथ खरालले उक्तसंकलन गरिएका भनाइहरु कार्यन्वन गराउन सम्बन्धित स्थानसम्म पुर्याइने बताए ।
सम्पन्न कार्यक्रममा जनस्वास्थ्य महाशाखा बागमती प्रदेशको अधिकृत नविन ढकाल, नेपाल कानून समाजका अधिवक्ता तेजमान श्रेष्ठ हेटौंडा उपहानगर जन स्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाई लगायतको आतिथ्यता रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्