राष्ट्रीय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ।

रक्तदान जिवनदान भन्ने मुल नारा सहित मंगलबार हेटौडाको बुद्दचोकमा आयोजीत रक्तदान कार्यक्रममा पार्टीमा आबद्द लगायत ४४ जनाले रक्त्तदान गरेका छन।

रास्वपा पार्टी मकवानपुरका सङठन बिभाग प्रमुख विशालराज महतको संयोजन नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालको नेतृत्वमा रहेको प्राविधिक टोलीद्धारा रक्त संकलन गरिएको थियो।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष भरत पराजुली, नगर अध्यक्ष धुर्ब बिष्ट, मकवानपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि सन्जीब पाठक लगायत पार्टीमा आबद्द लगायतको उपस्थीती रहेको थियो।