मकवानपुरको बागमती गाउपालिकामा हेयर कटीङ्ग तालिम सञ्चालन गरिएको छ ।
गाउँपालिका वडा नम्बर ३ को आयोजनामा विहिबारदेखि १० दिने तालिम सञ्चालन गरिएको हो ।
वडा नम्बर-३ का वडाध्यक्ष कमान सिं पाख्रिनको सभाध्यक्षता गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्यतामा सुरुभएको तालिम १० दिन सम्म चल्ने गरि विहिबार देखि सुरु भएको हो ।
भौगोलिकरुपमा विकट अनि आर्थिकरुपमा विपन्न नागरिकहरु बढी बसोबास भएकाले वडा क्षेत्रका विभिन्न बिद्यालयलयमा अध्ययनरत बालबालिकालाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको बताए ।
तालिममा वडा स्थित विद्यालय सहयोगीहरुका लागि तालिम प्रदान गरिएको बताउदै बालबालिकाहरुले निःशुल्क कपाल काट्ने सेवा पाउन भन्ने उद्देश्य सिहत तालिम सञ्चालन गरिएको वडाध्यक्ष कमान सिं पाख्रिनले बताए ।
पाख्रिनले बताए अनुसार २०७९/०८०को सिपमूलक तलिम शिर्षकमा विनियोजित १००००० (एकलाख) बजेटबाट तालिम ल्याइएको हो ।





















प्रतिक्रिया दिनुहोस्