प्रदेश युवा परिषद्को आयोजनामा बागमती प्रदेश युवा सम्मेलन हुने भएको छ ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगर्त युवा परिषद्ले आगामी असार ११ र १२ गते प्रदेशको राजधानी हेटौँडामा प्रथम प्रदेश युवा सम्मेलन हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै युवा सम्मेलन २०८०  मा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार युवाको सहभागिता रहने जानाकरी गराइएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बोल्दै आयोजित कार्यक्रम अन्य कार्यक्रमभन्दा फरक र युवाबर्गकालागि पनि केही गरौ भन्ने उद्देश्यमा आयोजित युवावर्गका लागि लक्षित भएकाले कार्यक्रम उपलब्धिमुलक भएको  बताइन् ।

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।

चौलागाईले जानकारी दिए अनुसार दुईदिन सम्मेलनमा सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईं लगायतको सहभागिता रहने छ ।

……………….

बागमती प्रदेश युवा परिषद्ले मिति २०८० असार ११ र १२ गते प्रदेशको राजधानी हेटौँडामा प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार युवाको सहभागिता रहनेछ । युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको हो । प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराउँदैछौं । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नुहुनेछ । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नुहुनेछ । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुनुहुन्छ ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नुहुनेछ। उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नुहुनेछ। डा. कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुनुहुन्छ भने पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ नेपाली उत्पादनको प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ ।
यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्नुहुनेछ ।
सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुने युवा २० देखि ३५ वर्षभन्दा कम उमेरका हुनेछन् । युवाको सहभागितालाई प्रभावकारी बनाउन हामीले जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिलालाई सहभागी हुनेछन् । जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् ।