हेटौंडा उपमहानगरपालिकामा नमुना युवा सांसद कार्यक्रम अन्तरगर्त  प्रशिक्षण सुरु भएको छ ।

हेटौंडा उपमहानगरको आयोजनामा २५ गतेदेखि २८ गतेसम्मका लागि ३ दिने नगर सभाको अभ्यास सुरु भएको हो ।

युवा नेतृत्व तथा विकासमा सहयोग गर्न र सीप विकास तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउनका लागि ३ दिने कार्यक्रम सञचालन गरिएको जिल्ला युवा समितको अध्क्षय शिवहरि दहालले बताए ।

कार्यक्रमले फरक फरक कामहरु हुने र महिला शशक्तिकरणको लागि जोड दिइने बताएका हुन् ।

उनले युवा मैत्री राष्ट्र निति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिई सकरात्मक वातावरण गर्न नेपाल शासन प्रणाली यसका विकास प्रकृया बारेमा सुचिकृत गर्न टेवा पुग्ने बताए ।

दाहलले बताए अनुसार भारतलले सन १९६६, ६७ देखि विद्यालय तथा विश्व विद्यालय तहमा निरन्तर कार्यक्रम गरिएको जानकारी दिदै श्रीलङ्काले संसदको अभ्यास बनाएरै गरेको छ ।
दाहलले भने “यसकालागि National Youth Service Council नामका निकाय कृयाशील छ । युवाक्लवाहरु आवद्ध हुन्छन् । वडा नम्बर १ देखि १९ का विभिन्न क्यामपस, विद्यालयका विद्यार्थीहरुलाई तालिममा सहभागी गराइएको छ ।”

युवा तथा खेलकुद शाखा प्रमुख वसन्त कुमार सिटौला को सभाध्यक्षता हेटौडा उपमहनगरपालिका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सूसान तथा कानून शाखा अधिकृत लक्ष्मण मैनाली, किशोर कुमार ट्ण्ड्न सहायक प्रशिक्षक स्वेचछा दङ्गाल,शिवहरी दहालको, बिशिष्ठ आतिथ्यता रहेको थियो।