बागमती प्रदेशको राजधानी हेटौंडामा पञ्चबर्षीय बिराट महायज्ञ मंगलबार समापन हुने छ ।

प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञ नयाँ बर्ष शुभकामना सहित हेटौंडा स्थित राप्तीतको छेउमै रहेको गोरक्षेश्वर धाममा बैसाख २० गतेदेखि सुरु भएको हो ।

महायज्ञ अन्तर्गत महायज्ञ २०६० , २०६५ , २०७०, २०७५ हुँदै वैशाख २० गते बुधाबार पाँचौं संस्करण अन्तरगर्त महायज्ञ २०८० सुरु भएको हो । वैशाख २० गते बिहान ७ बजे गोरक्षेश्वर धामबाट शङ्ख, घण्ट , खैजडी भजन , डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा भएको थियो।

यसवर्ष आयोजकको योजना अनुसार करिब २५ हजार अधिक नारीहरु एकै खाले साडि वितरण गरेको थियो भने सोही साडी
पहिरिएर कलश यात्रामा सहभागी भएका थिए ।

लोपोन्मुख हुँदै गएको धर्म संस्कृति र परम्परा जोगाउन महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने विश्वास रहेको आयोजक पक्षको भनाई छ ।

 

गोरक्षेश्वर मन्दिर राप्ती तटमा आयोजित महायज्ञका बारेमा श्री गोरेक्षेश्वर विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालसंग गरिएको कुराकानी ।।।।