काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको जहाजमा आगलागी भएको छ ।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा उड्ने बित्तिकै ठुलो आवाज आएको र उडीरहेकै अवस्थामा आगो लागेको देखिएको हो।

.नागरिक न्युजमा प्रकाशित समाचार अनुसार नागरिक उड्डयनमन्त्री सुदन किराती ले जनाए अनुसार लेफ्ट इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ गएको जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् मन्त्री किरातीले भनेका छन्, ‘फ्लाइ दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नु होला । सबैलाई शुभयात्रा ।’
जहाजको लेफ्ट इञ्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको हो ।