आज बिहानदेखि काठमाडौंमा सुरु भएको उपराष्ट्रपति को निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ। शुक्रबार विहान बसेको पार्टीको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय भएको जनाइएको छ।
पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको सचिवालय मतदान गर्न नपठाउने निर्णय भएको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विभिन्न विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदबारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
बिहानदेखि सुरु भएको मतदान आज साँंझ तीनबजेसम्म चल्ने जनाइएको छ। यसअघि राष्टपतिको निर्वाचनमा पनि पार्टीले बहिष्कार गरी मतदान गरेको थिएन ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्