साहित्यकार राजकुमार लामिछानेद्धारा लिखित बुद्विपुराण हास्यव्यङ्य संग्रह बुद्विपुराण बिमोचन गरिएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धिपुराण हास्यव्यङ्य निबन्ध संग्रह बिमोचन गरिएको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष कानुन सेवाका कर्मचारी समेत रहेका लामिछाने द्धारानै लेखिएको ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रह २०७४ सालमा ल्याएका थिए ।

पुन २०७८ बुद्विपुराण निबन्ध संग्रह बिमोचन गरिएको हो भने २० वटा शिर्षकमा समाजमा भएका कुरितिमाथि औँला उठाउँदै विकृतिमाथि व्यङ्ग्य सैलीमा प्रहार गरेका छन् ।

प्रेमकुमारीलाई पत्र, शिलान्यास, चियाको चर्तिकला, भगवानको भर, को ठुलो? , गफको गुजुल्टो, चिप्लेटी सहिद, कानको करामत, चाडबाडको चटारो, बुद्धि पुराण, मेरा मित्रहरु, कोलसेल शास्त्र, लामखुट्टे विकास मन्त्री, छामछुम, लेदर क्याप, हिसाब दाह्रीको, शक्तिजल, पुरस्कार , हाड नभएको जिब्रो र दरको रहर शिर्षकमा दमदार निबन्धहरु रहेका छन् ।

सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मिनप्रसाद लामिछानेको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने  साहित्यकारहरु लक्ष्मण गाम्नागे, निमेष निखिल, ह्रग्रीव आचार्य,े, नवराज शर्मा, रमेशमोहन अधिकारी, लगायतको अपस्थिति रहेको थियो ।