नेपाल घर बहाल उपभोक्ता संघले स्थानीय तहले लिँदै आएको घरबाहल कर २ प्रतिशत कायम गर्न माग गरेको छ।

उपभोक्ता संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै करको दर घटाउन आग्रह सहित माग गरिएको जनाएको छ ।

स्थानीय तहले घर भाडाको दश प्रतिशत कर संकलन गर्दै आइरहेका कारण घरभाडा करको विषयमा विवाद रहेको जनाएको हो ।

बहाल कर घरधनीले भन्दा पनि बहालमा बस्नेले तिरिरहेको अवस्था रहेकाले व्यवसायी पीडित भएको अध्यक्ष समिरलाल डंगोलले बताए ।

त्यसकारण पनि ‘करको दर घटाएर सुधार गर्न जरुरी रहेको उल्लेख गर्दै व्यवसायीलाई टिकाउने व्यस्था जरुरी रहेको बताएका हुन् ।

घरधनीले भाडा कर तिर्दै आएको र यसकारणपनि वास्तविकभन्दा असाध्यै कम भाडादर देखाउने गरेको बताए ।

बिभिन्न प्रकोपले गर्दा आर्थिक मन्दी रहेको अवस्थामा पनि घरधनीले हेटौंडा बजारमा व्यवसायीकसंग कवुल गरेकोको भाडामा पनि वृद्धि गरिरहेको अवस्था रोक्न पर्ने माग रहेको बताए।
डंगोलले भने ” यस्तो अवस्थामा भाडा दर घटाएर सहयोग गर्न पनि सबै घरधनीसंग हामी अनुरोध गर्दछौं ।”