हेटौँडा उपमहानगरपालिका वडा नं. ४ भित्र बसोबास गर्नेहरुले पशुपति मन्दिर क्षेत्र, चिल्ड्रेन पार्क, पारिजातपथ लगायत बिभिन्न स्थानमा सडक निर्माण कार्य अधुरो भएको र सडक खाल्डाखुल्डी भएपनि वास्तानै नगरेको गुनासो पोखेका छन्।
यसै विषयमा बोल्दै वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले वडा भित्र रहेका निर्माण कार्य छिट्टै सम्पन्न गर्ने बताएका छन् ।
वडा नम्बर ४ भित्रका बिभिन्न भौतिक निमार्णकार्य गर्ने अध्यक्ष सिग्देलले प्रतिवद्धता जनाइरहेतापनि वडाभित्र बसोबास गर्नेहरुले भने कामै नगरेको गुनासो पोखेका छन्।
हेटौंडा ४ भित्रको पशुपति मन्दिर क्षेत्र, चिल्ड्रेन पार्क, पारिजातपथ लगायत बिभिन्न स्थानमा सडक निर्माण कार्य अधुरो भएको र सडक खाल्डाखुल्डी भएपनि वास्तानै नगरेको गुनासो पोखेका हुन् ।
स्थानीय बासीले गरेको गुनासोको सम्बोधनलाई मध्य नजर गरेर नयाँ प्रक्रियामा गएर काम सुरु गरेको र काम सम्पन्न गर्ने वातावरण तर्फ लागिएको अध्यक्ष नविन सिग्देलले बताए ।
हेटौँडा ४मा अघिल्लो कार्उकालमा वडाको नेतृत्व गर्दा डेढकरोड भएको र २०७९ मा निर्वाचित भएपछि चालु खर्चाको बजेटै ६ करोड ल्याइएको र यो वडाकासीकै लागी भएको बताएका हुन् । जनताको काम गर्नेनै भएको समेत उल्लेख गरे।
सबैैभन्दा अधिक बिकास भएको वडापनि ४ नम्बर वडानै रहेको सिग्देलले दावी गरे ।
स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फकबाट उम्मेदवार बनेका नबिन सिग्देलले गठबन्धन तर्फ नेपाली कांग्रेसका हरि प्रसाद पौडेललाई पछी पार्दै जित हासिल गरेका थिए ।
२०७४ को स्थानिय निर्वाचनमा पनि निर्वाचित भएका सिग्देलै २०७९ को स्थानियतहको निर्वाचनमा निर्वाचित भएर ४ नं. वडाको नेतृत्व गरिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्