काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ। दुर्घटनाको कारण पनि खुलेको छैन ।
समाचार आलाइन खबर बाट














प्रतिक्रिया दिनुहोस्