मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख)  मा ३४,७१५ मत गणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

जसमध्य बानियाँले १६,०६० मत ल्याएका छन् ।  नेकपा एमालेका लालबहादुर थापाले१४७७३ मत पाएका छन् ।
बानियाँले १,२८७ मतले थापालाई पछि पारेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बद्री बहादुर खड्काले १७५५ मत पाएका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।