हेटौंडा उपमहानगरपालिका को मेयर मिना कुमारी लामा द्वारा अभद्र व्यबहार भएको भन्दै मकवानपुर घर जग्गा व्यावसायी संघले बिज्ञपति जारी गरेको छ ।
व्यवसायि संघका अध्यक्ष घुब घिमिरेद्धार हस्ताक्षर गरिएको बिज्ञपति जारी गर्दै व्यवसायि संस्थाका प्रतिनिधि माथि भएको अपशब्द सहितको अभद्र व्यवहारलाई तत्काल सच्याउदै क्षमायाचना गर्नको लागि अपिल रहेको जनाएको हो ।
बिज्ञपति यस्तो छ ।

प्रेस विज्ञप्ति हेटौडा उप-महानगरपालिका का सबै वडा कार्यालयबाट जग्गा बर्गिकरण सम्बन्धि आवश्यक शिफारिस प्राप्त भई नगर कार्यपालिकाबाट पनि मिती २०७९/०७/०४ गते नै हेटौडा उप-महानगरपालिका भित्रका जग्गाको बर्गिकरण सम्बन्धी निर्णय गरि नापी-मालपोत कार्यलयमा कार्यन्वयन का लागि पत्राचार गनुपर्नेमा भिविन्न कारण देखाई आलटाल गरिरहेको अवस्थामा आज यस संस्थाका अध्यक्ष श्री घुव घिमिरे र सल्लाहाकार श्री हेम अधिकारी ज्यु उक्त विषयमा ध्यानाकर्षण गर्न नगरप्रमुखलाई भेट्न जाँदा हेटौडा उप-महानगरपालिका का मेयर श्रीमती मिना लामा ज्यु बाट आफ्नै कार्यकक्षमा हाम्रो यस व्यवसायि संस्थाका प्रतिनिधि माथि अपशब्द सहितको जुन किसिमको अभद्र व्यवहार भएकोछ त्यस्ता अवान्छनिय कार्यको यस मकवानपुर घर जग्गा व्यवसायि संघ घोर भर्त्सना गर्दछ । उपमहानगरपालिकाको मेयर जस्तो सम्मानित पदमा रहेर सेवा लिन आएका सेवाग्राही प्रती गरिने यस्ता अमानविय र आपत्तिजनक व्यवहार तत्काल सच्याउदै हामी माथि गरिएको यस किसिमको व्यवहारप्रति क्षमायाचना गर्नको लागि हाम्रो मकवानपुर घर जग्गा व्यवसायि संघ हार्दिक अपिल गर्दछ ।
मिती: २०७९/०७/२० गते आईतबार
अध्यक्ष घुब घिमिरे
मकवानपुर घर जग्गा व्यवसायि संघ
हेटौडा-२, मकवानपुर २००६





















प्रतिक्रिया दिनुहोस्