हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा टोल स्तरिय फुटबल खेल प्रतियोगिताको आज फाइनल खेल हुने भएको छ ।

लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित फागुन ७ गतेदेखि १४ समुहबाट सूरु भएको खेलमा ओमनगर टोल र मैदाटोल विच प्रतिस्प्रधा हु्ने भएको छ ।

खेलमा प्रथम हुने समुहले नगद ३० हजार रुपैँया शिल्ड र प्रमाणपत्र उपविजेताले नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लब अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।

अज ३ बजेदेखि फाइनल खेल ३ सुरु गरिने बताए ।