बिश्व आत्महत्या रोकथाम दिवसको नाममा बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
आशाको सिर्जना भन्ने मुल नाराका साथ प्रत्यक बर्ष १० सेप्टेम्बरमा मनाइने बिश्व आत्महत्या रोकथाम दिवसलाई
विषयक अन्तरक्रिया गरिदै आज मनाईएको हो ।
आत्महत्याको ‘नकारात्मक’ सोच आएको अवस्थामा आफ्ना सोचहरूलाई सकारात्मक बनाउनतर्फ लैजानुपर्ने र आवश्यक अनुसार मनोपरामर्श सेवा दिएर रोक्न सकिने उल्लेख गरिएको छ ।
स्वास्थ्य निर्देशनालयद्धारा आयोजित आत्महत्या रोकथाम विषयक संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सोही कार्यक्रममा आत्महत्याल समाजमा व्याप्त हुनु र नेपालको सन्दर्भमा पनि ठूलो समस्या सरोकारवालाहरु रहेको बताउँछन्।
यसैविच आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक रेग्मीले बागमती प्रदेशको तथ्याङ अनुसार मकवानपुरमा आत्महत्या घटनाको संख्या १४ प्रतिशत भएको बताएका छन् ।
उनले घटनाको अनुसन्धानमा मानसिक र दीर्घरोगले ग्रहस्त पारेर , अचानका परेको तनावको सामना गर्न नसक्दा, गरिबीको कष्टदायिक अवस्था प्रेममा धोका, अनैतिक सम्बन्ध अनि अवैध गर्भ, दाइजो प्रथा, पारिवारिक बिमेल, घरेलु हिंसा, कार्यमा असफलता परिवारबाट तिरस्कृत, लगायत जस्ता विभिन्न कारणले मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको बताए ।
स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठको सभाध्यक्षता आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा रेग्मीले तथ्याङगत विवरण पेश गर्दै आव २०७६ |७७ मा विष खाएर ६० जना, झुण्डीएर ८६ जना घटनाको शिकार भएको बताए।
उनले जानकारी दिए अनुसार आव २०७७ | ७८ मा विष खाएर ४८ जना, भुण्डीएर ९२ जना र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेका हुन् ।
२०७८ | ७९ मा भने विष खाएर ३२ जना, भुण्डीएर ९० जना र पानीमा हामफालेर २ जनाले ज्यान फालेका हुन् ।
उक्त कार्यक्रममा कोसिस संस्थाका थमकुमारी कुँवर, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल, स्वास्थ्य निर्देशनालयका पदमराज कैनी, प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्