हेटौंडा उपमहानगरपालिका –४ का वडाध्यक्ष नविन सिग्देलले मंगलबार पत्रकार सम्मेलन गर्दै आफुमाथि हातपात भएको विषयमा आफ्ना भनाईहरु व्यक्त गरेका छन् ।

वडाध्यक्ष सिग्देलले स्कुलरोडमा रहेको भुटदेवीको सटरको विषयलाई लिएर सानु लामाद्धारा आफ्नो कार्यकक्षमा कुटपिट घटनाको विषयमा आफ्ना धारणा सुनाएका हुन् ।
यसै विषयमा के भन्छन् नविन सिग्देल ?

आफूमाथि कुटपिट हुनु गलत भएको उल्लेख गर्दै कानुनी उपचार तर्फ लागेको बताईरहेका सिग्देलले हाललाई यस विषयलाई अगाडी नबढाउने उल्लेख गरे ।
यसै विषयमा रातो समाचारसंगको कुराकानीमा उनले जनतको धेरै काम गर्न र सेवा दिन च्याप्टर कलोज गरेको बताए ।
सच्चिनको लागि माफि दिएको र यसलाई डराएको नसम्झी सकारात्मक ढङ्गले बुझ्न पर्ने उल्लेख गरे ।
नेकपा एमालेका जिल्ला सचिव जिल्ला खेलकुद बिकास समितिका सदस्य पुर्ब अध्यक्ष समेत रहेका सानु लामा दोङलाई कुटपटिको आरोप थियो ।
एकै पार्टीमा रहेका व्यक्तीमाथि हातपात भएकाले पनि सबैको चासो बनेको हो।