हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले डेङ्गु ज्वरोबाट बच्न कालागि लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरेका छन् ।

उनले यसकालागि लामखुट्टेको वृद्धि रोक्नुपर्ने बताएका छन् ।
स्वास्थ्यकर्मीका जानकारी अनुसार उपाएहरु अपनाएर लामखुट्टेको टोकाईबाट बच्न र लामखुट्टेको वृद्धि रोक्न सकैको सक्रियता हुनुपर्ने बताए ।

………………….

 

जनहितमा जारी सूचना
डेङ्गु रोग भाइरसबाट हुने र एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सक्रमण सरुवा रोग हो । बाघको जस्तो बुट्टा भएको हुँदा बाघ लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टे स साना सफा पानी जम्ने टीनका डब्बाहरु, रङका खाली डब्बाहरू, थोत्रा फालेका टायरहरू, अलकत्र वा मट्टितेलका खाली ड्रमहरु, फूलदान, कुलर, पानीका ट्याङ्की आदिमा जनेको सफा पानीमा यसले फूल पार्दछ ।

डेङ्गु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुको साथै लामखुट्टेको वृद्धि रोक्न पर्दछ ।
थोरै र सफा पानी जम्न सबने भाडाहरु जस्तै गमला, फूलदान, सालीबट्टा अलकत्रा वा मटिदतेलका खाली इन, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नु पर्दछ ।
पानीका ट्याइकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्दछ ।
कुलर र एसी फ्रिजको वेस्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई पच्या मट्टेिल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्नु पर्दछ ।
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा बस्दा पनि प्रायः पूरा बाउला भएको वा शरीरर पुरा हावने कपडा लगाउनु पर्दछ ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्दछ ।
साना केटाकेटीलाई जस्तोसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ ।
लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मलमहरु दल्न पनि सकिन्छ।लानसुदटेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मलमहरु दल्न पनि सकिन्छ।

……………..

लक्ष्णहरु
एक्कासी उच्च ज्वरो आउनु असाध्यै टाउको दुख्नु
आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु
ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्नु
शरीरमा विमिरा आउनु रक्तश्राव हुने
एक्कासी उच्च ज्वरोआई माथिका दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेङ्य ज्वरो भएको शङ्का गर्न सकिन्छ ।

यो रोगका लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्नु हुन अनुरोध छ।