नेपालीहरुले सुनेर प्रभावित हुने धुनहरु मध्य मौलिक धुन मानिने सारङ्गीको धुन देखि लठ्ठ नपर्ने सायदै कोही नहोला ।

नेपालका गन्दर्भ जातिले यही धुन बजाएर गित सुनाउदै हिड्ने र सुन्नेहरुले दिएको पैसा खाद्य सामाग्रीहरुले आफ्नो गुजारा चलाउने गर्छन् ।

तर, हिजो आज सारङ्गीको धुन सुन्न र देख्न मुस्किलै परेको छ । तै पनि कहिलेकाही भेटिने पनि गरेका छन् ।
यसैक्रममा दाङ्गबाट सारङ्गीको धुन सुनाउदै विशाल गन्दर्भ हेटौँडा आइपुगेका हुन् ।

उनले पुस्ताको कला भएकोले सारङ्गी रेट्दै गाउदै हिड्ने गरेको बताए । आफ्नो पिता पुर्खाको कला जर्गेना गर्न र मौलीक धुनको रक्षाको निम्ति यसरी हिड्ने गरेको बताएका हुन् ।

यसैक्रममा गरिएको छोटो कुराकानी भिडियोमा छ ।

#Hetauda-sarangi ko dhunleगन्दर्भ दाइले भने मेरो लासमाथि#Dangसम्पत्ती भन्नु सारङ्गी हो भन्दै…।।