जेसीआई बसामाडीको जेसीज सप्ताह वर्ष २०२२ वार्षीक कार्यक्रमहरुको आयोजना अन्तरर्गत आज छैठौ दिन अन्तरगत शुक्रबार लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम भएको छ ।
नेतृत्व र बेक्तित्व बिकासमा काम गरिरहेको युवाहरुले सामाजीक सेवामा समेत सक्रियता देखाउदै हेटौंडा ३ बसामाडीमा रहेको महेन्द्र किरण माध्यामिक विद्यालयमा लागु लौषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
अभियान अन्तर्गत आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग, दोस्रो दिन सोमबार हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग, तेस्रो दिन मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता, बुधाबार चौथो दिन खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग, पााचौ दिनमा विहिबार भिमफेदीमा रहेको नेपाल बाल संगठन, मकवानपुरद्वारा संचालित बाल मन्दिरमा खेलकुद सामग्री सहयोग गरेका हुन् ।
उक्त कार्यक्रम विद्यालयमा पुगेर जेसीजका युवाहरुले लागु लौषध दुव्र्यसन विरुद्धको सचेतनामा सहमागी गराई लागुऔषधबाट जोगिउन भनेर कार्यक्रम गरिएको कार्यक्रमका संयोजक विप्लप लम्सालले बताए।
सप्ताह वर्ष २०२२ वार्षीक कार्यक्रमहरुको आयोजना अन्तर्गत नै
शुक्रबार छैठौ दिनमा बसामाडीको श्री महेन्द्र किरण माबिमा लागुऔषध दुव्र्यसन सचेतना कार्यक्रम गरिएको र शनिबार समापन गरिने जेसीआईका अध्यक्ष चिराग अग्रवालले बताए ।
जेसीजका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षता हेटौंडा वडा नम्बर ३ का अध्यक्ष ढलक बहादुर थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।
संगठनका व्यवस्थापक २०२२ महासचिव जेसी जनक शर्मा भण्डारी, का.का.अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे, अध्यक्ष सरोज अधिकारी, नेपाल भारत मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली, विद्यालयका अध्यक्ष हर्कबहादुर पाख्रीन, विद्यालयका प्रधानाध्यापक तारा गौतम, सहायक प्रअ रामप्रसाद महत, सियान पुर्नस्थापना केन्द्रका सञ्चालक सौजन डिसी, जेसी २०२१ का जेसीजका पदाधिकारी एंव सदस्यहरु लगायको उपस्थिती रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्