नेपाल  बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने दलहरुको निर्णयको स्वागत गरेको छ ।

बारका महासचिव लीलामणी पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने दलहरुको निर्णयको स्वागत गरेका हुन् ।

उनले अन्नपूर्णसँग भने, ‘महाअभियोग लगाउनु सकारात्मक हो । यसका लागि सांसदज्यूहरुलाई धन्यवाद दिन चाहन्छौं । अब सेवाग्राहीलाई अफ्ठेरो नपर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन हुन्छ । प्रधानन्यायाधीशज्यू निलम्बनमा परिसक्नुभयो ।’

उनले न्यायालय शुद्धीकरणको अभियान भने जारी रहेको बताए ।

बार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विगत चार महिनादेखि आन्दोलनमा छ । बारले जबराको सम्पत्ति छानविनको माग समेत गरेको छ ।

 

news -अन्नपूर्ण- annapurnapost.comबाट