हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले जसले ढुङ्गाले हिर्काउछ उसलाइ फुलले हिर्काउनु पर्ने बताएका छन् ।
गएको मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आउदा चिट ल्याएको भन्दै क्याम्पसमा कार्यरत कर्मचारीले छात्राहरुको भित्री कपडा समेत खोल्न लगाएको भन्दै बिद्यालय तनावग्रहस्त बनेको थियो ।
बिभिन्न निकायका व्यक्तीत्व, राजनितिज्ञ, क्याम्पस प्रमुख, पिडित पक्ष,अभिभावकहरु छलफल गरिरहेको बेला न्याय चाहियो भन्दै आक्रोसित बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेपछि भवनको सिसाहरु फुटेका थिए।
बिएड तेस्रे र चौथौ वर्षमा अध्यनरत बिद्यार्थीहरुले आफ्नै पहलमा करिब ८० हजार रुपैयाँ संकलन गरी क्षतिग्रस्त भएक झ्यालहरुका सिसा, गमलाहरु फेरेर यस्तो बताएका हुन् । तोड्न होइन जोड्न सिकाएकोमा धन्यवाद हेटौंडा क्याम्पस लगायतका बिभिन्न सन्देशमुलक व्यानर सहित बिद्यार्थीहरु शुक्रबार साँझ दीप प्रज्ज्वलन समेत गरेका छन्।
सोहीक्रममा कलम बोक्ने हातहरुले ढुङ्गा बोक्न नहुने र कलम बोक्ने हातले यसरी ढुङ्गा प्रहार गर्दा अरुले के सिक्ला? त्यो पनि ख्याल गर्नुपर्ने उल्लेख गरेका हुन्।
उनिहरुले सीसी क्यामेरा तथा एअर कन्डिसनरको मर्मत बाँकी रहेको समेत बताए ।














प्रतिक्रिया दिनुहोस्