हेटौँडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी नजिकै बसोबासी ५८ वर्षिया वृद्धा जोगमाया थापाको डा. हरिबहादुर खड्काको पहलमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

शारिरिक अवस्था अशक्त भएको र उपचार गर्न नसक्ने जानकारी गराए लगत्तै स्वास्थ परिक्षणका लागि डा.हरिबहादुर खड्का बिरामीको बसोबास स्थानमै पुगेर जानकारी लिएका थिए ।

सामाजिक कार्यमा सक्रियता देखाउने र विगतमा धैरेलाई निःशुल्क उपचारको पहल समेत गरेका डा. खड्काले स्वास्थ्य परिक्षण गर्दै आफुले सक्ने सहयोग गर्ने बताएका थिए ।

थापाको छोरी राधिका पोख्रेलले रातो समाचार डटकमसंग कुराकानी गर्दै आमा हिडडुल गर्न र बोल्न समेत नसक्ने अवस्थाको आमामको उपचार समेत गर्न नसक्ने भएको बताएकी हुन् ।

आफु पनि एक होटलमा काम गरेर दैनिकी चलाई रहेको अवस्थामा आर्थिक अभावले गर्दा उपचार गर्न नसकेसंगै केही कागजी प्रक्रिया अपुग भएकाले सरकारले दिएको सामाजिक सुरक्ष भत्ताबाट पनि बञ्चित भएको बताएकी थिइन् ।

बिरामीको आर्थीक अवस्था कमजोर र स्थास्थय अवस्थाको हेटौंडा अस्पतालमा कार्यरत डा. हरिबहादुर खड्का जानकारी गराए लगत्तै २०७८ फाल्गुन १० गते बिरामीकै घरमा पुगेर स्वास्थ्य परिक्षण गरेका थिए ।

विगत १० वर्षदेखि मकवानपुरको हेटौँडा बसोबास गर्दै आएकी जोगमायाले सामाजिक सुरक्षा भत्ता समेत नपाएको जानकारी पाएपछि मकवानपुरे संचारकर्मी राजेश थापा ‘गरिब’ को  पहलमा  फाल्गुन १६ गते सानिमा बैंकमा बैंकिङ्ग खाता खोलिको थियो ।

विगत ४ वर्षदेखि ओछ्यानै परेको र हिडडुल गर्न र बोल्न समेत नसक्ने अवस्थामा रहेको देखेपछि उपचारको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार नै बिरामी थापाको निःशुल्क सिटीस्क्यान, ल्याव परिक्षण आवत जावतका लागि एम्बुलेन्सको व्यवस्थाका लागि पहल गरेका हुन् ।

हेटौंडा डाइग्नोष्टिक सेन्टर प्रा.लि.को तर्फबाट सिटिस्क्यान, क्वाइलिफाइड रेफरेन्स ल्यावरोटी प्रा.लि.को तर्फबाट ल्याव परिक्षण, रहेटौंडा अस्पतालबाट एमबुलेन्स सेवा निःशुलक व्यवस्था भएको डा. खड्काले बताए ।

स्वास्थ्य परिक्षणपछि बिरामीको विषयमा बोल्दै डा. खड्काले बिभिन्न डाक्टरहरुसंग समेत कुराकानी गरेको र परिक्षणको नतिजा पछि उपचार सम्भव भएमा उपचारका लागि हरेक पहल गर्न पछि नहट्ने थप प्रतिवद्धता जनाए ।