हेटौंडा उपमहानगर –१० स्थित तुलसी मेहर मेमोरियल विद्यालयले अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी सञ्चालन गर्ने भएको छ ।

सार्क एजुकेशन फाउन्डेशनद्वारा हाल सञ्चालित भुटनदेवी मन्दिर रोडमा रहेको विद्यालयले बालबालिकाको मानसिक र शारीरिक विकास वृद्विमा जोड दिनका लागि आफ्नै पाठ्यक्रम बनाएर मन्टेश्वरी सञ्चालन गर्ने जनाएको छ ।

शुक्रबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा सञ्चालन गर्ने र आउँदो माघ २३ गते श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि भर्ना सुरु गर्दै सुरु गरिने र सो दिन भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना गरिने भएको जानकारी गराईएको हो ।

किताबमा लेखिएको कुरालाई बस्तबिक ढङ्गमा देखाएर सिकाईको अभ्यास गराउने उद्देश्यले पाठ्यक्रम तयारी गरी प्रिस्कुल सञ्चालन गर्न लागेको जानकारी गराईएको हो ।

विद्यार्थीलाई आधुनिक शैलीबाट पढाइने र बालबालिकाको व्यवहारिक तरहले सिकाई दिइने बताउँदै ब्याचलर लेभलका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत सञ्चालन गरिने भएको हो ।

बालबालिकालाई उनीहरुको शारीरिक र मानसिक क्षमताअनुरुप व्यवहारिक शिक्षा दिन सबै खालको तयारी पूरा भएको र विद्यालयमा हाल एक हजार एक सय जना प्लस टुमा करिब ३ सय ५० भन्दा अधिक विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

शुक्रबार गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल रघुनाथ खराल फाउन्डेशनका सिइओ लक्ष्मण बस्नेत प्रोगाम डाइरेक्टर किशन बास्तोला पत्रकार लगायतको उपस्थित रहेको थियो ।