महानगरीय अपराध महाशाखा काठमाडौँ टोलीले काठमाण्डौमा २ ठुला अस्पतालबाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट बनाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

काठमाण्डौ भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल र  तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.बाट नेपाल सरकारले तोकेको मुल्य भन्दा भन्दा अत्याधिक रकम लिई स्वाबको नमुना बिना नक्कली पिसिआर रिपोर्ट बनादिएको आरोपमा ४ जना पक्राउ परेका हुन् ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट बनाई बढी रकम लिई रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा धनुषा बिदेह नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ बर्षका रोशन कुमार छिट्टान, धनुषा छिरेश्वर नगरपाालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ गौशाला बस्ने २५ बर्षका नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल गाँउपालिका ५ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका ५ सल्लाघारी बस्ने २९ बर्षका माधव मैनाली र सर्लाही बलरा नगरपालिका ७ घर भई हाल भक्तपुर कौशलटार बस्ने २४ बर्षका प्रसन्न कुमार झालाई पक्राउ गरिएको जनाएको छ ।

माघ १८ गते बिहान करिब १०ः३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको हो ।
ठिमी नगरपालिका वडा नं ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजरसमेत रहेका प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको हो ।

त्यस्तैगरि काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारेको र अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा हो ।

सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन पनि नगरेको र परीक्षण नै नगरी पिसिआर नतिजा नेगेटिभ भनि उल्लेख भएका ४ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट उनिहरुलाई पक्राउ गरिएको हो ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर परिक्षण दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसिआर रिपोर्ट दिनउक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरि रिपोर्ट दिने कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको सिटी भ्यालु तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट र क्युआर कोडबाट स्क्यान गरि गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै रिर्पोट बनाउने गरेको दिने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरु भने फरार रहेको र उनिहरुको को खोजतलास कार्य भइरहेको छ भने दुबै अस्पतालका पिसिआर ल्याब हरु सिल गरि हाल पिसआिर सम्बन्धी सबै सेवा बन्द गरि अन्य थप अनुसन्धान कार्य भइरहेको